२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको दसौँ महाधिवेशनको मिति सर्ने, नयाँ मिति कहिले ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेको दसौँ महाधिवेशन सर्ने भएको छ । आगामी मङ्सिर २ देखि ६ मा हुने भनिएको महाधिवेशन समयका कारण भन्दै सार्ने तयारी गरिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार शनिवार बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशन सार्ने प्रस्ताव पारित गर्दै नयाँ मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी संगठनका गतिविधि बढाउनेबारे समेत निर्णय लिइने तामाङले जानकारी दिनुभयो ।

उहाँले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहितका असन्तुष्ट नेताहरुलाई पनि बोलाइएको जानकारी दिनुभयो । तर नेपाल पक्षले भने बैठक बहिस्कारको घोषणा गरेका छन् ।