• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

बलात्कार र छुवाछूत मुद्दाहरु चोरलाई चौतारो, साधुलाई शूली– बाबुराम भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको परम्परागत अदालत र न्यायाधीशहरुको कानूनको शब्द, वकिलको तर्क र आफ्नो आग्रहप्रति असन्तुष्ट व्यक्त गर्नुभएको छ ।

बलात्कार र छुवाछूत मुद्दाहरुमा भएको हालैका फैसलाप्रति उहाँले अदालत, न्यायाधीश र वकिलहरुले चोरलाई चौतारो र साधुलाई शूली गरेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष भट्टराईले कानूनको लेटर (रुप पक्ष) र स्पिरिट (सार पक्ष) हुन्छ भन्दै र मुद्दाको फैसला गर्ने मान्छेले दुवैलाई ध्यान दिएर गर्नुपर्ने बताउनुभएको छ ।