२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल समूहको सांसदद्वारा समर्थन फिर्ता नलिने अडान



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि वरिष्ठ नेता माधव कुमार नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरेका छन् ।

शनिबार दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा जुटेका बेला नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका हुन् ।

माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये भर्चुअल बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने अडान राखेका छन् ।