२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले साउन २५ मा विधान सम्मेलन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले साउनमा विधान सम्मेलन गर्ने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको बताइएको छ ।

यस्तै विधान सम्मेलन निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव समेत बैठकमा पेश भएको छ ।