२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

फैसला आउन्जेल जसको हस्ताक्षर देउवाको पक्षमा रहन्छ, ती एमाले होइनन्ः अध्यक्ष ओली

फैसला आउन्जेल जसको हस्ताक्षर देउवाको पक्षमा रहन्छ, ती एमाले होइनन्ः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षीको नेतृत्वमा बैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता नभएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विरुद्धको मोर्चामा सामेल हुनेहरु नेकपा एमालेका कार्यकर्ता नभएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको नेतृत्वमा सरकार निर्माणका लागि राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा हस्ताक्षर गरेका तथा सर्वोच्च अदालतको रिटमा हस्ताक्षर गरेका आफ्ना कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गर्नुभयो । उहाँले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्नुपुर्व नै आफुहरुलाई सच्याउन पनि सचेत गराउनुभयो । आफ्नै पार्टीको नेतृत्वको सरकारको विरोधमा सडकमा पुत्ला जलाउनेलाई दलको कार्यकर्ता मान्न नसकिने उल्लेख गर्नुभयो । पार्टी एकताका लागि नेतृत्व लचिलो र फराकिलो मन लिएर अघि बढ्नु भनेको आफ्नै विरुद्धको आवाज नसुन्नु नभएको भन्दै उहाँले विपक्षी दलसंग साँठगाँठ गर्नेहरु एमालेका नेता कार्यकर्ता नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “म्ुद्दाको फैसला हुँदा सम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा बैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजस्को कायम रहन्छ,ती पार्टी कार्यकर्ता होइनन् । मुद्दाको फैसला हुँदासम्म । त्यसले त एउटा कित्ताकाट त गरिसक्यो नि । यसमा कुनै भ्रम पाल्नुहुन्छ र भन्या । झुटका खेतिमा भ्रम पालेर अलमलिन हुन्छ र ?”

प्रधानमन्त्री ओलीले विगतको प्रसंग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरु कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संग्लन हुनेहरु कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो “कसैले तर्क फिट्यो भने तर्क फिटाईका पछाडि जानु आवश्यक छैन । कसले कारवाही गर्यो ? कसले कारवाही गरेर ? फलानोको पालोमा , फलानो नाम छँदा । यी कुराहरुको केही पनि अर्थ छैन । स्पष्ट हुन जरुरी छ । जो पार्टीमा छ जो पार्टीको पक्षमा छ, पार्टीको पक्षमा बोलिरहेको छ । जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन । त्यो नेता कार्यकर्ता होइन । यति क्लियर छैन र कुरा ? पार्टीको विरोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ ? पार्टीको विरोधमा काम गरेर नेता कार्यकर्ता भईन्छ पार्टीमा ? नेता भनेको के ? नेतृत्व गर्ने मान्छे । पार्टीको पक्षमा, पार्टीको विचारको पक्षमा, पार्टीको संगठनको पक्षमा, एकताको पक्षमा, पार्टीको सुदृढीकरण र विस्तारको पक्षमा छ भने पार्टीलाई बैचारिक र सांगठनिक हिसाबले नेतृत्व गरिरहेको छ भने पार्टीको नेता हो । पार्टीलाई ढाल्ने उद्देश्यमा सक्रिय छ भने पार्टीको नेता होइन । छद्म हो भने थाहा पाएको दिन हड्छ । खुलेयाम हो भने हटेकै छ भन्ने थाहा पाए हुन्छ । ”

मान्छेबाट गल्ति हुन सक्ने र गल्तिलाई सच्याउन पनि सकिने भन्दै प्रधानमन्त्री ओलीले लामो समय सम्म पनि सच्चिन नसक्नेलाई पार्टीले आफ्नो कार्यकर्ता मान्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सप्रिएर आउन पाईन्छ । तर सप्रिने समय हामी कोही कोहीलाई लामो विमारी लाग्ला, निको हुन धेरै समय लाग्ला । निको हुन १० बर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ? त्यसकारण १० बर्ष पर्खाई हुन सक्क्तैन । ”

उहाँले सच्चिएर आए पार्टीमा रहेर काम गर्न सकिने तर ओहोदाका बार्गेनिङ्ग गरे त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “हामी लचिला छौ । एकताको पक्षमा छौ । आव्हान गरिरहेका छौ । कुरा गरिरहेका छौ । तर सेकेर के भो ? सुमसुमाएर के भो ? कानमा एकतारे भजन कति गाईयो ? के काम ? काम लागेको छैन । त्यसकारण काम लागोस् भन्ने कामना गरेको छु । फराकिलो मनका साथ काम गर्ने । पार्टीमा आएर काम गर्ने हो भने ठिक छ । ओहोदाका बार्गेनिङ्ग चल्दैनन् । काम छैन । ओहोदाका बार्गेनिङ्गलाई सुन्न पर्ने आवश्यकता पनि छैन । ओहोदाका निम्ति मरिमेट्ने मान्छेले काम पनि गर्दैन । हामी जेठ २ मा गयौ साथीहरुको भनाई अनुसार । ”

कारवाही फुकुवा गरि जेठ २ मा फर्किनु नेता माधव नेपाल पक्षको माग भएको र त्यो माग पुरा गरेको भन्दै उहाँले अब कुनै पनि वहानामा पार्टीका क्रियाकलापहरु नरोकिने स्पष्ट पार्नुभयो । उहाँले पार्टी गतिशिल ढंगले अघि बढ्नुपर्ने र त्यही अनुसार नै बढ्ने स्पष्ट पार्नुभयो ।