२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

एनआरटीले भित्र्यायो दुई विदेशी खेलाडी

एनआरटीले भित्र्यायो दुई विदेशी खेलाडी
अ अ+ अ-

काठमाडौं । काठमाडौंको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि आज दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । 

एनआरटीले राजधानीमा एक कार्यक्रम गरी असोज ३ गतेबाट हुने फरक ढाँचाको लिगका लागि अनुबन्ध गरेको हो । क्लबले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको हो । क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको हो । सम्झौता भएसँगै खेलाडीद्वयले एनआरटीको जर्सीमा ए डिभिजन लिग खेल्नेछन् । दुबैले टोलीलाई उपाधि दिलाउनका लागि प्रयास गर्ने बताए ।

नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुआतमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ । यसै कारण फरक ढाँचाबाट सञ्चालन हुन लागेको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको छ । अघिल्लो संस्करणमा पनि प्रशिक्षण दिएका राजु काजी शाक्यलाई क्लबले प्रशिक्षकको रुपमा निरन्तरता दिएको छ । प्रशिक्षक राजुकाजी शाक्यले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए । शाक्यले एनआरटीले उपाधि उचाल्ने लक्ष्यका साथ आउँदो प्रतिस्पर्धा गर्ने बताए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान अन्तर्गत दुई खेलाडीलाई  गरेको हो । आगामी दिनमा थप खेलाडि अनुबन्ध गरिने क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए । नयाँ संस्करणका लिगका लागि क्लबले पुराना खेलाडीलाई निरन्तरता दिने बताएको छ । एनआरटीले बि.स २०१७, २०१९, २०३५ र २०५२ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

चार पटकको च्याम्पियन एनआरटीले मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । उनीहरुकै प्रदर्शबाट काठमाडौं रेजर्सले उपाधि उचालेको थियो । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । क्लबमा अहिले १२ पुरानै खेलाडी रहेको पनि क्लबले जनाएको छ ।  एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छट्याएको जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजन हुने छैन ।