१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघ भिमाद नगर कमिटीको अध्यक्षमा विजय मल्ल चयन



अ+ अ-

तनहुँ । राष्ट्रिय युवा संघ भिमाद नगर कमिटीको अध्यक्षमा विजय मल्ल ठकुरी चयन भएका छन् ।

सोमबार भएको दोस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा सर्वसम्मतिले ४२ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

यस्तै, उपाध्यक्षमा सुरज विक, सचिवमा डम्मर बहादुर थापा, सह सचिवमा दिपेन्द्र भण्डारी र पवन अधिकारी चयन भएका छन् भने कोषाध्यक्षमा मिलन थापा चयन भएका छन् ।