१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

संवैधानिक परिषद्: सत्ता पक्षलाई सकस

संवैधानिक परिषद्: सत्ता पक्षलाई सकस
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै संवैधानिक परिषद्मा सत्ता पक्षलाई सकस हुने भएको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा ६ सदस्य रहने व्यवस्था छ । परिषद्को सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख हुनुहुन्छ ।

नेपालको संविधानको धारा २८४ मा संविधानबमोजिम प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ।

हाल परिषद्का सदस्यहरुमा प्रतिनिधिसभाका विपक्षी दलका नेता एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेबाट प्रतिनिधिसभाको सभामुख बन्नुभएका देवराज घिमिरे, एमालेबाटै राष्ट्रियसभाका अध्यक्ष बन्नुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रतिनिधिसभाको उपसभामुख बन्नुभएकी इन्दिरा राना हुनुहुन्छ ।

वर्तमान सरकारबाट एमाले र रास्वपा बाहिरिएका छन् । एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ भने रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिइसकेको छैन ।

हुन त पार्टीका तर्फबाट सभामुख, उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष बनिसकेपछि उहाँहरुले पार्टी सदस्यता त्यागिसक्नुभएको छ । तर संवैधानिक परिषद्ले गर्ने हरेक निर्णयमा उहाँहरुको झुकाव आफ्नो पार्टीप्रति हुनसक्ने भएकाले बहुमत उहाँहरुकै पुग्ने अवस्था छ ।

परिषद्को बैठकमा अध्यक्ष अर्थात प्रधानमन्त्री र सदस्य प्रधानन्यायाधीश एकातिर र अन्य चार सदस्य अर्कातिर हुने अवस्थाले सत्ता पक्षलाई संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरु नियुक्त गर्न समस्या पर्ने स्पष्ट देखिएको छ ।