२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा

दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा
अ अ+ अ-

एजेन्सी । कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । 

भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । 

सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको हो । 

भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले आज नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिनुभएको हो । 

उहाँले उक्त भन्नुभएको छ कि कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । उहाँले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिनुभएको थियो । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो । 

त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।