• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ: राजेन्द्र लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले छोटो समय सरकारमा रहँदाका निष्कर्ष निकालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय हेरेका लिङदेनले सरकारबाट बाहिरिएसँगै देश आर्थिक र भूराजनीतिक चेपुवामा परेको बताएका छन् ।

अध्यक्ष लिङदेनले फेसबुकमा लेखेका छन्, ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ । नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ । देश बनाउन नसकिने र नबन्ने रहेनछ । बनाउन सकिन्छ र बन्छ ।’

शनिबार उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री लिङदेनसहित सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जाराज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा दिएका थिए ।