१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ठूलो कचौरामा दूध–भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ– ओली

ठूलो कचौरामा दूध–भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ– ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्नु भएको छ । अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताउनु भयो ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गर्नु भयो । उहाँले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा, देश र जनताको पक्षमा काम गर्न आफू र आफ्नो पार्टी खेदिएको पनि दोहोर्याउनु भयो ।

त्यस अवसरमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्साका लागि संविधान संशोधन गर्दा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नभएको भए त्यसलाई प्रमाणिकरण गर्ने कुरा सम्भव हुने थिएन समेत भन्नु भयो । उहाँले राष्ट्रपति एमालेका उम्मेदवार सुवाष नेम्वाङलाई मतदान गर्न पनि संघ र प्रदेशका सबै सांसदहरुलाई आह्वान गर्नु भयो । राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउनुपर्ने ओलीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘घाईते योद्धाहरुको उपचार एमाले गर्छ । सक्दो गर्छ । त्यसका लागि हामी हेल्थ डेस्कै राखेर काम गर्न तयार छौं । त्यसकारण आउनका लागि पनि म आग्रह गर्दछु । यस कार्यक्रमलाई हेरेर पनि तपाईहरु आउन सक्नुहुन्छ । यसको अर्थ हामी सरकारमा कहिल्यै पनि हुँदैनौं भन्ने होइन । मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिन । जसको पदनै सर्वोपरी छ । त्यस्तालाई पद दिएर जसलाई जे दिँदा हुन्छ त्यही दिएर न हुने हो । त्यसकारण त्यही दिएर हुन्छ भने त्यही दिएर । त्यही पनि ठूलो कचौंरामा दुध र भात दिएपछि विरालो छिमेकी कहाँ जानु अनौठो होइन । के–के छन सर्त थाहा छैन । पछि थाहा हँुदै जाला ।

अहिले किन एमाले खेदिएको छ । म किन खेदिएको छु । उत्तरमा चीन छिमेकी थियो । बाटो थिएन । बाटो खुलाएँ । मैले मिचिएको भूभाग फिर्ता लिनका लागि संविधानको अंग नै बनाई दिए । अब पनि हामीलाई राष्ट्रपति देशका निम्ति संविधान संशोधन गरेर लाँदा त्यतिबेला यदि अहिलेका सम्मानिय राष्ट्रपति नभए भए सायद त्यो संविधान संशोधनलाईं प्रमाणीकरण गरिदैन थियो होला । कतिपय मान्छेले यो नचाहिने कुरा कूटनीति भडकाउने कुरा भन्ने टिप्पणी गरे । हाम्रो भूभाग फिर्ता लिँदा । हाम्रो भूभाग फिर्ता लिने कुरा चल्दा । कूटनीतिक नोट पठाउँदा, हाम्रो भूभाग, हाम्रो नक्सा संविधानले चिन्ने संविधान संशोधन गर्दा त्यसैमा न हो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु–अहिले राष्ट्रपतिको निर्वाचन आईराखेको छ ।

जनमतले नेकपा एमालेको उम्मेदवारलाई समर्थन गर्न पर्छ यसमा । किनभने नेकपा एमालेले काम गर्ने भनेको देशको निम्ति हो, जनताको हो । राष्ट्रको निम्ति हो । राष्ट्रियताको निम्ति हो । राष्ट्रिय हितको निम्ति हो । सार्वभौम सत्ताका लागि, देशको स्वाधिनताका लागि, देशको भौगोलिक अखण्डताका लागि हो । राष्ट्रिय हितको सम्वद्र्धन र संरक्षणका लागि हो । हाम्रो गौरवपूर्ण राष्ट्रिय स्वाभिमान माथि उठाउनका लागि हो । यसका निम्ति एमालेलाई समर्थन हुनु पर्दछ । आफ्ना निम्ति होइन् देशका निम्ति । राष्ट्रपतिको निर्वाचनका लागि मतदाता माननीयजीहरुलाई म आग्रह गर्न चाहन्छु मतदान देशका लागि गर्नुस् । मेरो आग्रह यो हो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको, धोका दिएको समेत बताउनु भयो । प्रधानमन्त्री दाहालले सहिद, घाईते परिवारसमेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाउनु भयो । ओलीले भन्नु भयो, ‘मैले यो लगभग ५८ वर्षको यो राजनीतिक जीवनमा अलिक सूरु देखिनै मैले यस्ता कुराहरु देख्दै आउनु पर्याे । सुन्दै पनि आउनु पर्याे । म सँगसँगै काम गरिरहेका साथीहरुलाई जेलबाट निकालेर जनयुद्धको नाममा पुष्पकमल दाहाल प्रचण्डले एउटा नयाँ हिंसाको अभियान सुरु गर्नु भयो । त्यसक्रममा जनताको तर्फबाट र राज्यतर्फबाट थुप्रै मानिसहरुको हत्या भयो । अमानवीय ढंगले हत्या भयो । आज यहाँ चर्चा गरिएका अनेक मानिसहरु जसलाई हामीले सम्मानित गर्यौँ । मैना सुनुवारको उद्धाहरण दिन सक्छौं । अथवा यदु गौतमको उदाहरण दिन सक्छौं हामी ।

गिरफदार गर्नै, हत्या गर्ने, त्यही कुरा लमजुङका एक जना शिक्षकको कुरा होस् । अथवा खोटाङक शिक्षक गुरु लुइटेलको कुरा होस् । महिनौसम्म अपहरण गरेर अत्यन्तै अमानवीय निर्मम ढंगले हत्या गर्ने जस्ता कामहरु भए । जो नेपालका लागि कसैलाई दुख्ला, कसैलाई नदुख्ला । तर नेपाललाई दुख्छ । नेपाली जनतालाई दुख्छ । नेपाल देशलाई दुख्छ । र, त्यसको घाउ अझै पनि छँदैछ । त्यसका शासक शासनका कार्यकारी ठाउँमा छन । लामो समयदेखि लगातार कमसेकम संविधान निर्माण, पहिलो २०६२/६३ को आन्दोलनपछि देखिनै सरकारमा छदैछन । यति निरन्तर ढंगले सायद २०६२/६३ को आन्दोलन भन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्ता पक्ष भईराखेको छैन होला । जता जोसँग मिलेर भएपनि सत्तामा हुने । एउटा प्रवृत्ति के देखिन्छ भने विरालो किन्नु पर्दैन ।

दुध र भारत कचौरामा दियो भने छिमेकीको विरालो आफ्नै भईहाल्छ भन्ने । कसले कचौरामा कति दुध भात दिन्छ, त्यस अनुसार फुत्रुक छिमेकीका घरतिर सर्ने । त्यस प्रवृत्तिले सरकारमा हुनु, सरकारको नेतृत्व गर्नु यो शिलशिला जारी छ । परिवारका मान्छे धनि नै भएका होलान । भान्जाभान्जी पनि राम्रै ठाउँमा पुगेका होलान । भाई भतिजा पनि राम्रै ठाउँमा पुगेका होलान । छोरी–ज्वाई पनि राम्रै ठाउँमा पुगेका होलान । तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन ? सहिदका परिवार सम्झनु भएको छ कि छैन ? आफ्नै स्वार्थ, आफ्नै परिवारमात्रै सम्झनु हुन्छ कि अरुलाई नि सम्झनु हुन्छ ? उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन ? कसका विरुद्ध किन जनयुद्ध चलाउनु भएको थियो ? यसबीचमा एउटा प्रयास गरिएको थियो । देशमा लोकतान्त्रिक, देशभक्त सरकार बनाऊ ।

लोकतन्त्रका निम्ति काम गरौं । स्वच्छताका साथ काम गरौं । पारदर्शिताका साथ काम गरौं । जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौं । देशको समय मात्रै बर्बाद नगरौं । आफ्ना स्वार्थमा केन्द्रित हुने होइन । जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौं । यो प्रयास गरियो । तर पुष्पकमल दाहालजीको बेग्लै छ । उहाँ बोल्नु हुन्छ, भाषा बेग्लै गर्नु हुन्छ । काम अर्कै । हेर्नु देब्रेपटि हुन्छ, निशाना दाहिने पटि हुन्छ । अस्तीका दिनसम्म पनि मसँग छकाउने भाषा, यद्धपि मैले पुष्पकमल दाहाललाई नचिनेको होइन । तर मैले सुनिरहे उहाँको कुरा । उहाँले मलाई छकाई रहनु भयो । उहाँ हातमा चक्कु लिएर बस्नु भएको थियो । तर मलाई भन्नु भयो–फूल लिएर बसेको छु, तपाईलाई भ्रम नपरोस् । मैले फूल लिएको हो हातमा । यो चक्कुजस्तो देख्नु भयो होला तपाईले । भ्रम हो यो । यो चक्कु होइन, फूल हो भन्नु भयो ।

तपाईले भने पनि फूलै हो नि । किन होइन ? भन्दै बसे म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँटन, छकाउन अप्ठयारो मान्नु हुन्न । धोका दिन अप्ठ्यारो मान्नु हुन्न । जनतालाई धोका दिनु भयो । सहयोद्धाहरुलाई धोका दिनु भयो । आफूलाई त्यस ठाउँमा पुर्‍याउने योद्धाहरुलाई धोका दिनु भयो । आफूलाई त्यस ठाउँमा पुर्‍याउन जीवन दिने सहिदहरुलाई धोका दिनु भयो भने मलाई धोका दिनु कुन ठूलो कुरो भो र ? कुनै ठूलो कुरा होइन ।

अहिले फेरी एउटा नयाँ हिजो उहाँले भन्नु भयो–२ महिना कस्तो गाह्रो भएको थियो । साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने दाम्लो चुडाँएर जाने खोज्ने, मैले रोक दिने । गाह्रो त गाह्रो परेको थियो उहाँलाई । दाम्लो छिनालेर जान खोज्ने । झ्याप्पै मुख लगाउन खोज्ने । तान्दिएपछि गाह्रै थियो । मलाई थाहा थियो– उहाँ टिक्न सक्नु हुन्न । अव उहाँका गतिविधि निर्वाध चल्न पाउने । त्यो त मसँग काम गर्दा काले–काले मिलेर भाले गर्न सक्दैनौ । त्यसकारण त्यस्तो जहाँ हुन सक्छ, त्यतै जानु उहाँका लागि सायद अनिवार्य थियो । अहिले केही नभनौं ।’

ओलीले दाहालले बेवास्ता गरेका जनयुद्धका घाईतेहरुलाई आफ्नो पार्टीले उपचार गर्ने भन्दै आउन पनि आग्रह गर्नु भयो । आफ्नो पार्टीले हेल्थ डेस्कनै राखेर उनीहरुलाई सकेको उपचार गर्ने उहाँको भनाई थियो ।