• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध हो: तोषिमा कार्की



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोषिमा कार्कीले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरुले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनु भयो । सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रश्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाव के हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं उपत्यकाको ललितपुर जिल्ला हेपिएर राज्यको ध्यान नपुगेको भान हुन्छ । पानी परे हिलो घाम लागे धुलो । पानी हाले चिप्लिएर लड्ने नहाले दम खोकीले मार्ने । मेरो क्षेत्रको हविगत । मन्त्रीपरिषद्को पस्तावित मन्त्रीहरुको आवास क्षेत्र र प्रश्तावित ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुङ्गो लाग्छ । चुनीखेल फर्सिडोल सडक ६ वर्षदेखि अलपत्र छ । सातदोबाटो कान्तिराजपत मुआब्जाको कारण रोकिएको छ ।’

‘सडक विभाग काठमाडौं उपत्यका र खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो । ठूला ठेकेदारको मिलेमतो र दबाब हो । राज्यका निकायहरु गैरजिम्मेवार हुनु कमजोरी मात्रै होइन । आम जनता माथि गरिने अपराध हो । बिना कुनै कसुर मेरो क्षेत्रका बासिन्दाले वायुप्रदुषणबाट उत्पन्न हुने रोग र सडक दुर्घटनाबाट ग्रसित छन् । म भौतिकपूर्वाधार तथा यातायात मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु । सडक निर्माणमा हुने ढिलासुस्ति र बेथिती अविलम्व समाधान गरियोस् ।’

उहाँले राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभइ आम जनतामाथिको अपराध भएको उल्लेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्रीले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेतिथि अविलम्व समाधान गर्न माग गर्नुभयो ।