७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध हो: तोषिमा कार्की

राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध हो: तोषिमा कार्की
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोषिमा कार्कीले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरुले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनु भयो । सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रश्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाव के हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं उपत्यकाको ललितपुर जिल्ला हेपिएर राज्यको ध्यान नपुगेको भान हुन्छ । पानी परे हिलो घाम लागे धुलो । पानी हाले चिप्लिएर लड्ने नहाले दम खोकीले मार्ने । मेरो क्षेत्रको हविगत । मन्त्रीपरिषद्को पस्तावित मन्त्रीहरुको आवास क्षेत्र र प्रश्तावित ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुङ्गो लाग्छ । चुनीखेल फर्सिडोल सडक ६ वर्षदेखि अलपत्र छ । सातदोबाटो कान्तिराजपत मुआब्जाको कारण रोकिएको छ ।’

‘सडक विभाग काठमाडौं उपत्यका र खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो । ठूला ठेकेदारको मिलेमतो र दबाब हो । राज्यका निकायहरु गैरजिम्मेवार हुनु कमजोरी मात्रै होइन । आम जनता माथि गरिने अपराध हो । बिना कुनै कसुर मेरो क्षेत्रका बासिन्दाले वायुप्रदुषणबाट उत्पन्न हुने रोग र सडक दुर्घटनाबाट ग्रसित छन् । म भौतिकपूर्वाधार तथा यातायात मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु । सडक निर्माणमा हुने ढिलासुस्ति र बेथिती अविलम्व समाधान गरियोस् ।’

उहाँले राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभइ आम जनतामाथिको अपराध भएको उल्लेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्रीले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेतिथि अविलम्व समाधान गर्न माग गर्नुभयो ।