१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको क्रिकेट करिअर जीवित रहोस् भन्ने चाहन्छु: न्यायाधीश खतिवडा



file
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश भ्रमणको अनुमति माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदनमा सुनवाइ सकिएको छ ।

केहीबेरमा आदेश सुनाउने तयारी रहेको न्यायधीश ईश्वर खतिवडाले बताए ।

खतिवडाले क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गरेको बताए । क्यानले सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा लिने कुरा गरेको उनले बताए ।

न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताएका छन् । उनले भने ‘म उनको करिअर जिवित रहोस, अझ माथि पुगोस भन्ने चाहन्छु । तर, हामीले प्रक्रिया अनुसार चल्नुपर्छ । सर्वोच्च अदालतभन्दा माथि अर्को निकाय पनि नभएकाले हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ । विगतमा यस्तो अभ्यास छैन ।’