२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पेसी न्यायाधीश खतिवडाको इजलासमा



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । उक्त मुद्दा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा १६ नम्बरमा पेसी चढेको छ ।

सन्दीपले हिजो विदेश भ्रमणको प्रतिवन्ध फुकुवाको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उक्त निवेदन पनि सँगै राखेर सुनुवाइ हुनुपर्ने सन्दीपका वकिलको माग छ ।

उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् । यदि सुनवाइमा सर्वोच्चले उक्त रोक फुकुवा गरिदियो भने सन्दीप यूएई जान पाउछन्।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ ।