६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश मुख्यमन्त्री कार्यालय घेराऊ



अ+ अ-

काठमाडौँ । चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ ।

भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्नेलगायतका माग गर्दै अभियानले बिहीबारबाट मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । सोही क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरे ।

आफूहरुले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको अभियानमा संरक्षक सरोज रायले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आफूहरुको माग पूरा नभए अनिश्चितकालीनमा धर्नामा बस्न बाध्य हुनेछौं ।’

मधेश सरकारले आफूहरुले विगतमा राखेको पाँच सुत्रीय माग सम्बोधन गरेपछि सो आन्दोलन सुरु गर्न बाध्य हुनु परेको अभियानले जनाएको छ ।