१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश मुख्यमन्त्री कार्यालय घेराऊ



अ+ अ-

काठमाडौँ । चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ ।

भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्नेलगायतका माग गर्दै अभियानले बिहीबारबाट मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । सोही क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरे ।

आफूहरुले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको अभियानमा संरक्षक सरोज रायले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आफूहरुको माग पूरा नभए अनिश्चितकालीनमा धर्नामा बस्न बाध्य हुनेछौं ।’

मधेश सरकारले आफूहरुले विगतमा राखेको पाँच सुत्रीय माग सम्बोधन गरेपछि सो आन्दोलन सुरु गर्न बाध्य हुनु परेको अभियानले जनाएको छ ।