१३ श्रावण २०८३, बुधबार
,
Latest
महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटोले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सातदोबाटोको जितमा दीपक राज सिंह ठकुरी नायक बने । दुबै गोल उनले नै गरेका हुन् । यता पुलिसका प्रविन थापाले एक गोल फर्काए । अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनलबाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई प्रोत्साहनस्वरुप २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।