७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री दाहाल

युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री दाहाल
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभयो ।

“तपाईंहरुमाथि अभिभावकको मात्र आशा र सपना निहीत नभई प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले उत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ बाट ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतासहित राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त नभएको उल्लेख गर्दै उहाँले आगामी दिनमा तालिममा सहभागीको सङ्ख्या विस्तार गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा सङ्ख्या वृद्धि गरी तालिमको गुणस्तरमासमेत थप प्रभावकारिता ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

नैतिकवान्, क्षमतावान् र देशभक्त युवा तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको उल्लेख गर्दै उहाँले राष्ट्रलाई आवश्यक परेको बेलामा नि:स्वार्थ सेवाभावबाट समर्पित भई नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक पोशाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र नदिइ विभिन्न प्राकृतिक भू–बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एकअर्काको भावना एवं संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ भन्दै उहाँले यसबाट राष्ट्रि«य एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेवा दलले प्रदर्शन गरेको कवाज, कला र प्रस्तुतिको अवलोकनले आफूलाई विगतमा राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षण स्मरण भइरहेको जनाउँदै प्रधानमन्त्री दाहालले हाल प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्य बोधको ऊर्जा प्राप्त भएको बताउनुभयो ।