८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रलोभनमा पर्लान् नेपाल ?



file
अ+ अ-

‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ। महिलालाई खाइहाल्यो। तर तिनले लगाएको सुनको बाला बच्यो। त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ। र, बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई झ्याम्पै पारेर खाँदो रहेछ। साथीहरू बाला देखेर नलोभियौं।’

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ २२ गते प्रतिनिधिसभा बैठकमा उक्त नीतिकथा सुनाउँदै नेपाली कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादी केन्द्रलाई लोभमा फसेको बटुवासँग तुलना गरेका थिए। ओलीले एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुअघि पुस १० गते भएको समझदारीमा कायम रहन माओवादीलाई आग्रह गरेका थिए।

निर्वाचनमा गठबन्धन गरेर लडेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री छाड्न नमानेपछि उनी एमालेसँग सहकार्य गर्न पुगेका थिए। एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि दाहाल राष्ट्रपतिसहितका सबै पद उसैलाई छाड्दा कुनै पनि बेला धोका हुनसक्ने निष्कर्षमा पुगे। प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत पाएपछि दाहाल चुनावअघिको गठबन्धनप्रति लचिलो देखिएका छन्।

त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका दाहालले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिइसकेका छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने छनक पाएपछि ओलीले कांग्रेसलाई व्यंग्य गर्दै प्रतिनिधिसभा बैठकमा सुनाएको बाघ र बालाको नीतिकथा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालमा प्रयोग गर्न खोजेका छन्। नागरिक दैनिक