२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको अर्धशतक, संकटमा नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अर्धशतक पूरा गरेका छन् ।

टियु क्रिकेट मैदानमा जारी स्कटल्याण्डविरुद्धको खेलमा रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । रोहितको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

छैटौं विकेटका लागि दीपेन्द्र र रोहितले ४४ रनको साझेदारी गरेका थिए । यो समाचार तयार पार्दासम्म २१३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३४ ओभरमा ८ विकेटको क्षतिमा १५३ रनको स्थितीमा छ । नेपाललाई अब १६ ओभरमा ६० रन आवश्यक छ । क्रिजमा रोहितलाई करण केसीले साथ दिएका छन् ।