२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई यूएई लैजान मागसहित त्रिवि मैदानमा नाराबाजी



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदानमा लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन उच्च रहेको छ । उनले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच, क्रिकेट समर्थकहरुले लामिछानेलाई नेपालको यूएइ भ्रमणमा समावेश गर्न मागसहित टियु मैदानमा नाराबाजी गरेका छन् ।

आज नेपाल र स्कटल्याण्डको खेल चलिरहँदा समर्थकहरुले सन्दीपको पक्षमा नाराबाजीमा उत्रिएका हुन् । सन्दीपले आजको खेलमा १० ओभरमा ४५ रन खर्चेर चार विकेट लिन सफल भए । यो प्रतियोगितामा उनको विकेट संख्या १३ पुगेको छ ।

जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले नेपालसामु २१३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।