२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा साउनको तेस्रो साताबाट हुने



अ+ अ-

काठमाडौ । कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि वैशाखमा सम्मपन्न हुने कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चार महिना पछि आगामि साउन तेस्रा सातामा लिने गरि तयारी गरेको हो। 

‘परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेका छौं,’ बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने, ‘सहमति आइसकेको छैन । तर पनि साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरेका छौं । त्यसैअनुसार विद्यार्थी ढुक्क भएर तयारी गर्न सक्छन् ।’

परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ ।