२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग २ः स्कटल्याण्डले नामिबियालाई ४३ रनले हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

सोमबार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएको हो । २२२ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ३८.४ ओभरमा अलआउट हुँदै १७८ रनमात्र जोड्न सक्यो ।

नामिबियाका लो हन्ड्रे लरेन्सले ६७ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान जेरहार्ड इरासमसलृे ३८ बलमा ४३ रन बनाए । जेन ग्रीनले ४० बलमा २५ रन बनाउँदा साउन फोचे र रुवेन ट्रम्पलेमनले १०/१० रन जोडे । अन्य ब्याट्सम्यानले दाहोरो अंक जोड्न सकेनन् ।

स्कटल्याण्डका मार्क वाटले ४ विकेट लिँदा, माइकल लिस्कले ३ तथा ब्रान्डन एमसीमुलेनले २ विकेट लिए भने क्रिस ग्रिभ्सको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुँदै २२१ रन बनाएको थियो । स्कटल्याण्डका लागि ओपनर केयल कोइटजेर डकआउट हुँदा, लियम नेयलरले २० रन जोडे । यस्तै, क्रिस्टोफर म्याकब्रिज सर्वाधिक ४७ रन बनाएर पभेलियन फर्किए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । कप्तान रिची बेरिङटन ३२ रनमा आउट हुँदा म्याथ्यू क्रसले १६ रन जोडे ।

यसैगरी, थोमस म्याकिन्टोस ३४ रन, मिचेल लिस्क २९ रन, क्रिस ग्रेभिस १४ र मार्क वाटले १० रन जोडे । नामिबियाका लागि ट्रम्पलेमनले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ताङगेनी लुङगामेनीले २ विकेट लिँदा बर्नाद स्कोस्ज, बेन शिकोङ्गो र पिंकी या फ्रान्सका नाममा एक/एक विकेट रह्यो ।

सात टोली सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । यता, नामिबिया भने ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

नामिबियालाई नेपालमा भएको खेल सुखद रहेन । पहिलो खेलमा नामिबिया घरेलु टोली नेपालसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोली नेपासँग नै पराजित भएको थियो ।

शृंखलाको चारै खेलमा पराजित भएपछि नामिबियालाई शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने समिकरण कठिन बनेको छ । यता, नामिबियाको पराजयले नेपाललाई भने बाँकी ९ खेल जितेको खण्डमा शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने समिकरणमा सहज बनेको छ ।