• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा ★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा

डा. श्वेता नकर्मीलाई प्रश्न: बाथबाट जोगिन बुझ्नैपर्ने विषय के हो ? – भिडियो सहित



काठमाडौँ । बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनैपनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आउनु वा मुख सुख्खा हुनु पनि बाथ हो । जोर्नीहरूमा मात्र बाथ हुन्छ भन्ने नेपालीहरूको धारणा (कन्सेप्ट) छ तर त्यो सत्य होइन । बाथ सबै मानिसलाई एकै खालको नभएर भिन्न–भिन्न किसिमको हुन्छ ।

बाथरोगको उपचारमा चिकित्सकले बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । बाथरोगको उपचारमा हाड–जोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन । यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकोले बिरामीहरु चनाखो हुन पनि जरुरी छ । बाथ रोगबारे  नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग गरिएको कुराकानीको सम्पादित अंश :

 बाथ भनेको के हो ?

बाथ भनेको कुनै एउटा मात्रै रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । विशेष गरी बाथ भन्ने शब्दभित्र अटो इम्युन डिजिजहरु पर्छ । जस्तै गठिया, लुप्पस, मेरुदण्डको बाथ, स्पनेलाहरु पर्छन् । अर्को भनेको मेरुदण्ड खिइने बाथ, कुरकुरे हड्डी खिइने बाथ पर्छ । अर्को मांसपेसीको बाथ हुन्छ, मेटाबोलीक डिजिज यी सबैकुराको संकलनलाई बाथ भनिन्छ । यो भित्र मोर देन हन्ड्रेड प्रकारका बाथहरु हुन्छन् ।

बाथ भयो भनेर कसरी थाहा पाउने ?

बाथ भयो भनेर थाहा पाउन यसको लक्षणहरु केके हुन् त्यसको विषयमा संक्षिप्त जानकारी आवश्यक पर्छ । बाथ नै सयौं प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्न प्रकारको हुन्छ । तर सामान्य लक्षण भनेको जोर्नी दुखाइ मुख्य लक्षण हो । जुन ९० प्रतिशत बाथ रोगीहरुमा हुन्छ । जोर्नी दुखाइमा हातका, खुट्टाका साना, ठूला जोर्नीहरु सुन्निने, दुख्ने, बिहानपख अररो हुने, मुठी कस्न गाह्रो हुने र बिस्तारै घाम लाग्दै गइसकेपछि वा दिन ढल्दै गइसकेपछि सहजपना आउने, यो बाथको मुख्य लक्षण हो ।

छालामा विभिन्न प्रकारको डाबर आउने, गालामा पुतली आकारको डाबर आउने, घाममा जाँदा पोल्ने, चिल्चिल्याउने, घाउ हुने, बारम्बार निको नहुने घाउहरु आइरहने, खुट्टामा विभिन्न प्रकारको डाबर आउने, चाया, पोतो आउने हुनेसक्छ । चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, निलो वा पहेंलो भएर चेन्ज हुने यो पनि बाथको एउटा लक्षण हो । मेरुदण्ड बाथको कुरा गर्दा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, विशेष गरी राति एक निन्द्रा सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाई शुरु हुने, बिहानपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने, यो पनि मेरुदण्डको बाथको लक्षण हो ।

मांसपेसीको बाथको कुरा गर्दा मांसपेसी जताजता छ, शरीरको चारैतिर दुखाइ हुने, मांसपेसी कटकट खाने, बिहान उठेदेखि जाँगर नचल्ने, मासुहरु अरट्ठो भएर बसेको जस्तो हुने, बारम्बार टाउको दुख्ने यस्तो प्रकारको लक्षणहरु हुनसक्छ । बाथ विभिन्न प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्नै हुनसक्छ । बाथले कुनैपनि अंग समात्नसक्ने हुनाले आँखा समात्यो भने आँखा रातो हुने, दुख्ने, आँखा सुख्खा हुने, आँखा देख्नमा कमजोर हुनसक्छ ।

मुख सुख्खा हुने, बारम्बार प्यास लाग्ने, किड्नीमा आक्रान्त गरेमा पिसावमा प्रोटिन जाने, रगत सञ्चालन गर्नेमा आक्रान्त गरे बास्कोलाइटिस हुनसक्छ । बास्कोलाइटिस भयो भने फरक अर्गेन फेलियर हुनसक्छ । हातखुट्टा झम्झमाउने, पोल्ने, नशाका विभिन्न लक्षणहरु आउने, फोक्सोमा पानी जम्यो, फोक्सोमा जाली प¥यो भने लामो समयसम्म खोकी लाग्ने, स्वाँस्वाँ हुने, दम बढ्ने, मुटुमा पानी जम्यो, मुटुमा असर ग¥यो भने छाती दुख्ने, दम हुने, खुट्टाहरु सुन्निने जस्ता विभिन्न लक्षणहरु हुनसक्छ ।

 बाथरोग वंशानुगत हुन्छ की खानपानबाट हुन्छ ? बिरामीले केबाट धेरै जोगिनुपर्छ ?

बाथरोग भएका बिरामीहरुले विशेष त चिसोबाट जोगिनुपर्छ । किनभने चिसो मौसम वा चिसो वातावरणमा बाथका लक्षणहरु बढ्छन् । जोेर्नी दुखाइ बढ्छ, हातको निलोपनाहरु बढ्छ, मेरुदण्डको अरट्ठोपना बढ्छ, त्यसैले चिसोबाट जोगिनुपर्छ । धुम्रपान सेवन गर्नु हुँदैन । सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्छ । लुप्पस भएका बिरामीहरु घामको किरणबाट जोगिनुपर्छ । यी तीन कुराबाट विशेष जोगिनुपर्छ । कुन बाथ हो त्यो अनुसार केके बार्नुपर्ने त्यो अलि फरक हुन्छ ।

बाथ किन हुन्छ भन्नेकुरा हो भने बाथ विभिन्न कारणले हुन्छ । जुनमा अटो इम्युन डिजिजहरुको कुरा गर्नुपर्दा गठिया, मेरुदण्डको लुप्पस यस्ता बाथहरु अटो इम्युनिटीको कारणले हुन्छ । हाम्रो शरीरमा जुन रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो क्षमतामा गडबढी आउँदा शरीरका कोषिकाहरुले आफ्नै अंगलाई बिगार्न थाल्छ । जस्तै जोर्नी, भित्रि अंगहरुलाई पनि बिगार्न थाल्छ । त्यसबाट अटो इम्युन डिजिजहरुको उत्पत्ति हुन्छ । बाथ हुनैबाट जोगिन त सकिँदैन तर भइसकेपछि केहि सावधानीहरु सर्टेन प्रिकसनहरु लिन सकिन्छ । बाथहरुमा जेनेटिक अशोसिएशनहरु हुन्छ । तर वंशानुगत हुँदैन ।

 ४० वर्ष उमेर पुगेका मानिसहरुमा बढी बाथ देखियो भन्नेछ, कारण के हुनसक्छ ?

बाथ हरेक उमेर समूहमा हुनसक्छ । सानो बच्चादेखि, गर्भमा भएको बच्चादेखि लिएर युवावस्था र वृद्धाअवस्था सबै उमेरमा हुनसक्छ । फरक भनेको यत्ति हो की कसलाई कुन प्रकारको बाथ हुने चान्सेस छ, त्यो रेसियो फरक हुने हो । बच्चाहरुलाई पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुपोसहरु उत्तिकै हुन्छ । ४० कटिसकेका मानिसहरुमा प्रायःजसो देखिने भनेको हड्डि खिइने बाथ देखिन्छ । जस्तै अर्थोराइटेस, स्पाइनको डि जेनेरिटिभ डिजिजहरु बढी मात्रामा देखिने भनेको गठिया बाथ हो ।

गठिया बाथ प्रायःजसो युवावस्थामा देखिन्छ । महिलाहरुमा बढी देखिन्छ । यो ४० कटिसकेका महिलाहरुमा बढी देखिन्छ । पुरुषहरुको कुरा गर्दा ३५ वा ४० भन्दा माथिको पुरुषहरुमा युरिक एसिडको बाथ वा गाउट बढी देखिन्छ । विभिन्न प्रकारको बाथको आफ्नो आफ्नो सर्टेन एज ग्रुप हुन्छ । कुनै बाथ सानो, तन्नेरी उमेरमा बढी देखिन्छ कुनै ४० पछि र ६० पछि पनि बढी देखिन्छ । कुन प्रकारको बाथ हो त्यसमा निर्भर रहन्छ ।

 बाथबाट जोगिन यो कुरा गर्नैपर्छ भनेर बुझ्नैपर्ने विषय के हो ?

उत्तरः बाथ हुनैबाट जोगिन त गाह्रो छ । किनभने अटो इम्युन डिजिज हो । तर बाथ भइसकेका बिरामीहरुले यसलाई बढ्नबाट जोगिन चिसोबाट जोगिने, चुरोटको धुवाँबाट जोगिने, समयमै उपचार शुरु गर्नुपर्छ । उपचार शुरु गरिसकेपछि त्यसलाई निरन्तरता पनि दिनुपर्छ । बाथको उपचार भनेको खालि लक्षणको उपचार होइन, बाथको उपचारले यसको जटिलताहरु यसले भित्रि अंगहरु सबै बिगार्नसक्ने भएकाले यसको जटिलताहरुलाई पनि प्रिभेन्ट गर्नुपर्ने हुन्छ । उपचारलाई निरन्तरता दिँदै अघि बढ्ने हो भने बाथ रोगबाट जोगिन सकिन्छ ।

 जाडो याममा बिहानमा मर्निङ वाक कति उपयुक्त छ ?

उत्तरः जाडो मौसममा घाम लागिसकेपछि नै एक्सरसाइजहरु गरेको राम्रो हो । एक्सरसाइज बाथ रोगीको लागि धेरै नै राम्रो कुरा हो । त्यसैले हामीले सबैजनालाई एक्सरसाइज गर्न नै आग्रह गर्छौं । तर चिसोबाट बचेर । धेरै चिसो भइरहेको बेलामा बाहिर नजाने, वा जानै परेको अवस्थामा पनि पञ्जा, मोजा, डबल लेयर भएको लुगा लगाएर जाने, हावाहुरी, चिसोबाट बच्ने र सकभर अलिकति घाम लागिसकेपछि जोर्नीहरु सजिलो भइसकेपछि मात्र बाहिर निस्किएर एक्सरसाइज गर्नु उपयुक्त हुन्छ ।

युरिक एसिडबाट पीडित भएकाहरुलाई पछिल्लो समयमा समस्या देखिएको छ, यसमा कस्तो सचेतना अपनाउन जरुरी छ ?

युरिक एसिडको बाथ अथवा गाउट प्रायः जसो पुरुषमा हुन्छ । ४० भन्दा माथिको उमेरसमूहमा बढी हुन्छ । तर आजभोलि भने ४० भन्दा तलको उमेरसमूहमा पनि देखिन थालेको छ । २० वर्षको उमेरसमूहबाट नै युरिक एसिडको बाथ देखिन थालेको छ । यसको एउटा मुख्य कारण भनेको खानपिन र एक्सरसाइजको अभाव हो । खानपिनमा आजभोलि जंकफुड, कोक, कोल्ड्रिंक्सहरु बढी मात्रामा खाइन्छ, यसको कारणले पनि युरिक एसिडको बाथ बढी मात्रामा देखिन्छ ।

अर्को ल्याकअफ एक्सरसाइज, एक्सरसाइजको अभावका कारणले पनि हुन्छ । यसबाट बच्न हामीले पहिलो कुरा लाइफस्टाइलमा ध्यान दिनुपर्छ । जस्तै हेल्दी फुड खाने, अल्कोहल कम खाने, जनावरको भित्रि अंग कम खाने, हेल्दी डाइटमा अलिकति ध्यान दिने, प्रिजरबेटिभ भएको खानाहरु, बट्टामा भएको जुसहरु, कार्बोनेटेड ड्रिंक्सहरु कम प्रयोग गर्ने, निरन्तर एक्सरसाइज गर्ने, पानी प्रशस्त मात्रामा खाएको राम्रो हो । ३ लिटर । तरकारी र दुधको मात्रा अलि बढी मात्रामा सेवन गर्ने गर्नुपर्छ । युरिक एसिड बाथ सुगरको रोग, प्रेसर, कोलेस्टोरको समस्या र मोटोपना, यो ४ वटासँग पनि जोडिने भएकाले युरिक एसिडको बाथ नियन्त्रण गर्दा हामीले यो बाँकीको ४ वटा कुराहरुमा ध्यान दिनुपर्छ । बाथ कमन रोगहरुमा नै पर्छ ।

समाजमा हेर्ने हो भने ३० प्रतिशतलाई कुनै न कुनै हाडजोर्नी तथा मांसपेसीको रोग हुनसक्ने सम्भावना देखिन्छ । त्यसमध्ये पनि पूरा जनसंख्याको १० प्रतिशतमा नेपालको कुरा गर्दा ३० लाखलाई बाथ रोग हुनसक्ने सम्भावना छ । यो विश्वको तथ्यांकअनुसार हो । बाथको सही पहिचान र समयमा नै पहिचान हुनसक्यो भने र समयमा नै उपचार शुरु गर्न सकियो भने कुनै कुनै अवस्थामा बाथ निको पनि हुनसक्छ । गठिया बाथ र मेरुदण्डको बाथ तीनदेखि ६ महिना भित्रमा गर्न सकियो भने निको हुनसक्ने सम्भावना ३० प्रतिशतसम्म रहन्छ ।

बाथको समयमै र सही पहिचान गर्न जरुरी छ । पहिचान भइसकेपछि उपचार शुरु गर्नुपर्छ । उपचारलाई डाक्टरको सल्लाहअनुसार निरन्तर रुपमा औषधि खाइरहनुपर्छ । शुरुवाती चरणमा नै बिरामी आउने हो भने १ वर्ष भित्रमा बाथ निको हुनसक्छ । त्यो भनेको शरीरबाट नै बाथ गायब भएको भने होइन । तर बिना औषधि नियन्त्रणमा राख्न सकिन्छ ।