३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचरणलाई लिएर किन भावुक बने चिरञ्जीवी ?



अ+ अ-

एजेन्सी । साउथ फिल्म इन्डस्ट्रीका मेगास्टार चिरञ्जीवी छोरा रामचरणलाई लिएर भावुक बनेका छन् । उनले हलिउडका दिग्गज निर्देशक जेम्स क्यामरुनको एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । उक्त भिडियोमा जेम्स क्यामरुनले फिल्म आरआरआर र रामचरणको क्यारेक्टरको प्रशंसा गरिरहेको देखिन्छ ।

भिडियो सेयर गर्दै चिरञ्जीवीले लेखेका छन्, ‘यदि जेम्स क्यामरुनजस्ता निर्देशकले तपाईको तारिफ गरिरहेका छन् भने त्यो ओस्कारभन्दा कम छैन । बुवा भएकाले आफूलाई रामचरणप्रति निकै गर्व छ ।’

जेम्स क्यामरनले आरआरआर र रामचरणको प्रशंसा गर्दै भने, ‘यो उत्कृष्ट फिल्म हो, मैले एक्लै बसेर फिल्म हेरेँ । फिल्म हेरेपछि म छक्क परें, फिल्मको भिएफएक्स र कथावस्तु उत्कृष्ट थियो ।’

आरआरआर मार्च २४ मा फिल्म विश्वव्यापी रुपमा रिलिज भएको थियो । फिल्म बक्स अफिसमा सुपरहिट मात्र भएन, समीक्षकले पनि फिल्मको निकै तारिफ गरेका थिए । एसएस राजामौलीको निर्देशन रहेको फिल्ममा राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा थिए ।