७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको छः प्रधानमन्त्री प्रचण्ड

समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको छः प्रधानमन्त्री प्रचण्ड
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित सन्दर्भमा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको बताउनुभएको हो ।

उहाँले सूचना प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा राससजस्ता राज्यका समाचार संस्थाको जिम्मेवारी बढेको स्पष्ट गर्नुभयो । मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सञ्चारमाध्यमहरूको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले हरेक परिवर्तनको पक्षमा राससले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले सुदृढ सङ्घीय लोकतान्त्रिक गणतन्त्र, दिगो विकास र आर्थिक समृद्धिका पक्षमा सञ्चार पैरवी गर्नेतर्फ राससको ध्यान जानुपर्नेमा जोड दिनुभयो । पछिल्ला दिनमा भ्रामक, मिथ्यापूर्ण सूचना–समाचारले समाजमा विद्वेष बढ्न थालेको भनी चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राससबाट सम्प्रेषित तथ्यपरक सूचना–समाचारले सामाजिक व्यवस्थालाई सकारात्मक पक्षपोषण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्थित मौलिक हकको संरक्षण र प्रवद्र्धनमार्फत राज्यको नीति र कार्यदिशालाई स्वस्थ र सिर्जनशील ढङ्गबाट प्रवाह गरी जनमत निर्माण गर्नका लागि आफ्ना सेवाहरूलाई समयसापेक्षरूपमा परिमार्जन र विविधीकरण गर्दै अघि बढ्न राससको ध्यानाकर्षण गर्नुभयो ।

राससलाई एक सशक्त, प्रभावकारी र सुदृढ संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले रासस सेवालाई अझै प्रभावकारी, चुस्त र व्यावसायिक बनाउन समयानुकूल प्रविधिको विकाससँगै यस क्षेत्रका नयाँ आयामका विषयमा तालिम तथा क्षमता वृद्धि गराउनुपर्ने खाँचो औँल्याउनुभयो ।

सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर राजनीतिक स्थायित्व, आर्थिक पुनःउत्थान, सरल र सहज सेवा प्रवाह र विकास आयोजनाको प्रगतिमा तीव्रता ल्याएर मुलुकमा नयाँ परिणाम दिनका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “यो जिम्मेवारी केवल प्रधानमन्त्रीको मात्र नभएर नेपाल सरकारका सम्पूर्ण संरचना, सङ्घीय प्रणालीका सबै तहहरू, निजी क्षेत्र, सञ्चार जगत् एवं आम नेपालीहरूको साझा जिम्मेवारी हो ।”

प्रधानमन्त्रीले सरकारको प्राथमिकतालाई केन्द्रमा राखेर राज्यका सबै पक्षका सुभावना मुखरित गरी एक अब्बल र नेतृत्वदायी सञ्चारमाध्यमका रूपमा स्थापित हुन राससलाई सफलता मिलोस् भनी कामना गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले समितिको ६२औँ वार्षिकोत्सवका अवसरमा राससमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राही सबैमा शुभकामना व्यक्त गर्नुभयो । रासस