• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

लिभरपुलले न्युक्यासललाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

पाहुना टोली लिभरपुलको जितमा खेलको १० औं मिनेटमा डार्विन न्युनेजले र १७ औं मिनेटमा कोडी गाक्पोले गोल गरे । खेलको २२ औं मिनेटमा निक पोपेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै लिभरपुल २२ खेलबाट ३५ अंकसहित तालिकाको ८ औं स्थानमा रहँदा २३ खेलबाट ४१ अंकसहित न्युक्यासल भने चौंथो स्थानमा रहेको छ ।