• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर)

राष्ट्रप्रमुख राजा हुनुपर्छः राप्रपा प्रवक्ता श्रेष्ठ



काठमाडौँ । राष्ट्रपति निर्वाचनको विषयले राजनीतिक सरगर्मी बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रप्रमुख राजा हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रप्रमुखको रुपमा राजा हुनुपर्छ भन्ने पक्षमा निरन्तर आवाज उठाइरहेको स्मरण गराउँदै राप्रपाले दस्तावेजमै सो कुरा उल्लेख गरेको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा त राष्ट्रप्रमुखको रूपमा राजा हुनुपर्छ भन्ने पक्षमा निरन्तर आवाज उठाइरहेका मात्रै छैनौं दस्तावेजमै उल्लेख गरेका पार्टी हौं, के हाम्रा दलहरू आफ्नो देशको राष्ट्रप्रमुख छान्न सक्षम छैनन् वा सक्षम नभएकै हुन् ?’

उनले राष्ट्रपतिमा बाह्य हस्तक्षेपको विषयमा आइरहेको चर्चालाई लिएर दलहरूले राष्ट्रप्रमुख छान्न सक्षम नभएको भन्दै आलोचना समेत गरेका छन् ।

‘आसन्न राष्ट्रपति निर्वाचनका सम्भावित उमेदवारमा अमुक राष्ट्रको यो रुचि र यो लबिङ छ भन्ने खालका पात्र समेत तोकिएका समाचारले हाम्रो निर्णायकत्व कमजोर रहेको प्रत्याभूत गराउँदछ । उनले भनेका छन्, ‘सार्वजनिक सञ्चारमाध्यमले त्यस खालका समाचार निरुत्साहित गर्नुपर्नेमा झन् प्रोत्साहित गर्दैगर्दा आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपलाई स्विकार गरेको मात्रै होइन हस्तक्षेपलाई आमन्त्रण गरेको प्रतित भइरहेको छ ।’

यस्तै, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने राप्रपाको घोषित नीति रहेको प्रस्ट पार्दै श्रेष्ठले राष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा उपयुक्त समयमा सार्वजनिक गर्ने बताएका छन् ।