७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

एमालेको ‘मिसन ग्रासरुट’ अभियानः उपाध्यक्ष पौडेल धनगढीमा

एमालेको ‘मिसन ग्रासरुट’ अभियानः उपाध्यक्ष पौडेल धनगढीमा
अ+ अ-

काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल धनगढी पुग्नुभएको छ । आज शुक्रबारबाट सुरु हुन लागेको एमालेको ‘मिसन ग्रासरुट’ अभियानको सुरुवात गर्नका लागि उहाँ धनगढी पुग्नुभएको हो ।

धनगढी पुगेलगत्तै शिवपुरी धामको दर्शन गरेर उपाध्यक्ष पौडेलले भन्सार र कर कार्यालयको अनुगमनपछि पार्टीको मिसन ग्रासरुट कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।

सुदूरपश्चिम प्रदेशमा पनि आजबाट ‘मिसन ग्रासरुट’ सुरु हुँदैछ । सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ ।

आज धनगढीमा सुरु हुने अभियानमा एमालेका केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहनेछ ।

केन्द्रीय नेताबाट प्रशिक्षित भएपछि यहाँ प्रशिक्षण दिएका नेताहरूले यहाँका सबै पालिकामा सो अभियान सुरु गर्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै पार्टी मुख्यालय च्यासलबाट सात प्रदेश र गैरभूगोलका विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट सम्बोधन गरी देशभर पार्टी सुदृढीकरण अभियान शुभारम्भ गर्नुहुने छ । अध्यक्ष ओली समग्र अभियानको संयोजक हुनुहुन्छ ।

पार्टीका पोलिटव्यूरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ भने उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजन गर्नेछन् ।