२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप–सहायक विदेशमन्त्री अख्तर र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उप–सहायक विदेशमन्त्री अफ्रिन अख्तर र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सहकार्य र आपसी हितका अन्य विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उप–सहायक विदेशमन्त्री अख्तर सोमबार नेपाल भ्रमणमा आउनुभएको हो ।

यसैगरी उप–सहायक विदेशमन्त्री अख्तरले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उहाँले नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुने बताइएको छ ।

यसैगरी उप–सहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नुहुनेछ । रासस