२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक: मन्त्री शर्मा



अ+ अ-

खजुरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताउनुभएको छ ।

नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

उहाँले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने भन्दै उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ ।”

कार्यक्रममा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने भन्दै कृषि र रोजगारलाई पनि प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।

हिमालयन साइन्स फाउन्डेसनद्वारा नेपालगञ्ज रङ्गशालामा सुरु भएको दुईदिने प्रदर्शनीमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीद्वारा तयार पारिएका विज्ञान र प्रविधिसम्बन्धी ३० भन्दा बढी स्टल राखिएको फाउन्डेसनका अध्यक्ष आतङ्क बस्नेतले बताउनुभयो । उहाँका अनुसार कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनका लागि राखिएका छन् ।