१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक: मन्त्री शर्मा



अ+ अ-

खजुरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताउनुभएको छ ।

नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

उहाँले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने भन्दै उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ ।”

कार्यक्रममा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने भन्दै कृषि र रोजगारलाई पनि प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।

हिमालयन साइन्स फाउन्डेसनद्वारा नेपालगञ्ज रङ्गशालामा सुरु भएको दुईदिने प्रदर्शनीमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीद्वारा तयार पारिएका विज्ञान र प्रविधिसम्बन्धी ३० भन्दा बढी स्टल राखिएको फाउन्डेसनका अध्यक्ष आतङ्क बस्नेतले बताउनुभयो । उहाँका अनुसार कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनका लागि राखिएका छन् ।