४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुमा मिनीबसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु



अ+ अ-

काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुस्थित गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसले ठक्कर दिँदा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ रहेका छन् भने अन्दाजी ५५ वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।