२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतक



अ+ अ-

काठमाडौँ । कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ५१ बलमा ५० रन जोडेका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे । योे उनको एकदिवसीय क्रिकेटमा चौंथो अर्धशतक हो ।

यो समाचार तयार पार्दासम्म २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा २ विकेट गुमाउँदै १२४ रनको स्थितीमा छ । कुशललाई कप्तान रोहित पौडेलले साथ दिइरहेका छन् । ४३ बल खेलेका पौडेलले ४३ रन जोडेका छन् ।