६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: सोमपाल कामीले लिए पहिलो विकेट



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ । तीव्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले पाँच ओभरमा एक विकेट गुमाउँदै १० रन बनाएको छ ।

आजको खेलमा नेपालले भीम सार्की, सूर्य तामाङ र गुलशन झालाई बेन्चमा राखेको छ । सन्दीप जोराले भो २०१९ पछि पहिलो पटक नेपाली टोलीमा खेल्दैछन् ।

ओडिआईमा नामिबियाविरुद्धको खेलमा नेपालले चार खेल खेल्दा तीन हार बेहोरेको छ भने एक खेलमा वर्षाको कारण रद्ध भएके थियो । नेपालले पहिलो पटक नामिबियालाई हराउन चाहन्छ ।

नेपाल २४ खेलमा ८ जित र १४ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव बाँकी १२ खेल खेल्नेछ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।