२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलद्वारा एभर्टन पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र कोडी गाक्पोले एक एक गोल गरे ।

घरेलु मैदान एनफिल्डमा खेलको ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । डार्बिन न्युनेजले काउन्टर बल लग्दै सलाहलाई पास उपलब्ध गराएको थिए । सलाहले उक्त बललाई वान टचमा गोल गरे ।

यस्तै ४९ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनलाई अलेक्जान्डर आर्नल्डले पास उपलब्ध गराएका थिए । त्यसपछि दुबै टिमबाट गोलको प्रयासहरु भए पनि गोल हुन नसक्दा लिभरपुलले महत्वपूर्ण तीन अंक जोड्यो ।

यो नतिजासँगै २१ खेलबाट ३२ अंकसहित तालिकाको नवौं स्थानमा छ । एभर्टन २२ खेलबाट १८ अंकसहित १८ औं स्थानमा छ ।