• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रास्वपाको संसदीय दल र केन्द्रिय समितिको बैठक शुरु



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

बैठक पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा ४ बजेबाट शुरु भएको हो । बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन बिस्तारबारे छलफल हुने पनि बताइएको छ ।

रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो । यद्यपी सरकारलाई समर्थन भने जारी राखेको छ । आजको बैठकमा सत्तारुढ दलहरुले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।