५ भाद्र २०८३, शुक्रबार
,
Latest
आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सहज जित, आर्सनलसँगको अंक दुरी घटायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, इल्काए गुन्डोवान र रियाद माहरेजले एक एक गोल गरे । एस्टन भिल्लाका वली वाट्कीन्सले एक गोल फर्काए ।

खेलको चौंथो मिनेटमा नै रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । कर्नरबाट आएको पासमा उनले हेडरमार्फत गोल गरे । यस्तै, ३९ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

उनलाई हालाण्डले पास उपलब्ध गराएका थिए । भिल्लाका डिफेन्डरले गल्ती गरेपछि हालाण्डले बल खोस्दै क्रस गर्दा उपलब्ध भएका गुन्डोवानले कुनै गल्ती गरेनन् । यस्तै पहिलो हाफको इन्जुरी समयमा माहरेजले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ६१ औं मिनेटमा वाट्कीन्सले गरेको गोल भिल्लाका लागि सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । २२ खेलबाट ४८ अंकसहित सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनलको ५१ अंक रहेको छ । यस्तै, २२ खेलबाट २८ अंकसहित भिल्ला ११ औं स्थानमा छ ।