१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

क्यानडाको भिसा त्यागेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

क्यानडाको भिसा त्यागेर भैँसीपालन, मासिक ७० हजार आम्दानी
अ अ+ अ-

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ ।

साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो ।

पुख्र्यौली घर बझाङको छविस पाथिभेरा(२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उहाँ वैदेशिक रोजगारीमा जानुभएको थियो ।

सुरुवातमा काम गर्न दुबई पुग्नुभएका उहाँ त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गर्नुभयो । करिब १४ महिना दुबईमा काम गर्नुभएका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उहाँ कुवेतमा मासिक रू दुई लाख ९० हजारको जागिर गर्न थाल्नुभयो ।

“व्यक्तिगत खर्च कटाएर मासिक रू दुई लाख ९० हजार घर पठाउथे”, उहाँले भन्नुभयो, “त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।” त्यसपछि बिदामा घर आउनुभएका उहाँ विदेश फर्कनुभएन ।

बिदामा घर आउनुभएका उहाँले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गर्नुभयो । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु प¥यो ।

“सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ”, उहाँले भन्नुभयो, “पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।” उहाँले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाउनुभयो । कुखुरापालनबाट लाखौ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाउनुभयो । क्यानडाको भिसा लगाएर जाने तयारी गर्नुभएका उहाँले साथीको सल्लाहका कारण त्यहाँ जानुभएन ।

“कुखुरापालनबाट लाखौ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए”, उहाँले भन्नुभयो। “साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।” कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उहाँले हेमा कृषि फार्म सञ्चालन गर्नुभएको छ ।

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भँैसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उहाँले सुनाउनुभयो । “साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ” उहाँले भन्नुभयो । हाल उहाँको फार्ममा छ वटा भँैसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उहाँको भनाइ छ ।

“अहिले प्रतिलिटर रू ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु”, उहाँले भन्नुभयो, “प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।” कुल रू ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि रू आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उहाँको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् । रासस