५ भाद्र २०८३, शुक्रबार
,
Latest
एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी



अ+ अ-

काठमाडौँ । स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ ।

चार टेष्टको शृंखलाका लागि अस्ट्रेलियन टोली भारत भ्रमणमा छ । नागपुरको जाम्था क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो इनिङ्समा भारतीय बलरले अस्ट्रेलियालाई ९१ रनमा अलआउट गरेको हो ।

यसअघि भारतको पहिलो इनिङ ४ सय रनमा समेटिएको थियो । यस्तो अवस्थामा आयोजकले पहिलो इनिङ्समा २२३ रनको अग्रता लिएको छ ।

अष्ट्रेलियाको तर्फबाट स्टिभ स्मिथले सर्वाधिक २४ रन बनाए । मार्नस लाबुसचेनले १७ रनको योगदान दिए । जबकि डेभिड वार्नर र एलेक्स केरी १०–१० रन बनाएर आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विनले ५ विकेट लिए । बलिङतर्फ मोहम्मद सामी र रविन्द्र जडेजाले २–२ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए ।

यसअघि भारतका लागि कप्तान रोहित शर्माले १२० र अक्षर पटेलले ८४ रन बनाएका थिए । रविन्द्र जडेजाले ७० र मोहम्मद शामीले ३७ रनको उपयोगी पारी खेले । अष्ट्रेलियाका लागि डेब्यु गर्दै टोड मर्फीले ७ विकेट लिए । अष्ट्रेलियाको पहिलो इनिङ्स १७७ रनमा सीमित भएको थियो ।