१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित



तस्बिर: सामाजिक संजाल
अ+ अ-

काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार निलम्बनमा परेका छन् ।

घर निस्किने क्रममा रहेका राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार शम्भुजंग गुरुङलाई कारबाही स्वरूप निलम्बन गरिएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले बताए । ‘घटनाका विषयमा अनुसन्धान गर्न कारबाही प्रक्रिया अगाडि बढाइएको हो । सोही अनुसार निलम्बन गरिएको हो।’, उनले भने ।

सिंहले शुक्रवार शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा परिचय पत्र देखाउँदा पनि लाठी चार्ज भएको बताएका छन् । घटनाको विरोधमा अहिले माइतीघरमा प्रदर्शन समेत भइरहेको छ ।