• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक सिंह घाइते



काठमाडौँ । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनु भएको छ ।

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उहाँ घाइते हुनु भएको हो । संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडीरहनु भएका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए ।

उहाँको टाउँकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरुले प्रर्दशन गरिरहेका छन । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।

घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरुले प्रहरीको विरोधमा प्रर्दशन गरिरहेका छन । यता, घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरुबीच छलफल भईरहेको बताइएको छ ।