१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक सिंह घाइते



अ+ अ-

काठमाडौँ । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनु भएको छ ।

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उहाँ घाइते हुनु भएको हो । संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडीरहनु भएका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए ।

उहाँको टाउँकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरुले प्रर्दशन गरिरहेका छन । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।

घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरुले प्रहरीको विरोधमा प्रर्दशन गरिरहेका छन । यता, घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरुबीच छलफल भईरहेको बताइएको छ ।




भर्खरै