१८ भाद्र २०८३, बिहीबार
,
Latest
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धन्यवाद प्रस्ताव प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय ससद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्वोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । यसअघि बैठकमा सदस्य गङ्गाकुमारी बेल्वासेले धन्यवादको प्रस्ताव प्र्रस्तुत गर्नुभएकोमा सदस्य भैरवसुन्दर श्रेष्ठले समर्थन जनाउनुभयो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्वोधनको प्रति टेबुल गर्नुभएको थियो ।

बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी व्यहोराको पत्र वाचन गरेर सुनाउनुभयो । राष्ट्रियसभाको अर्को बैैठक आगामी फागुन २ गते दिनको एक बजे बस्नेछ । रासस