७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः नेता भुसाल(भिडियोसहित)

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः नेता भुसाल(भिडियोसहित)
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन् । त्यस्तो समाज, व्यवस्था, राजनीति, अर्थतन्त्र निर्माण गर्ने कुरामा एक्लै हुनुहुन्न । यो कार्यमा तपाईहरु एक्लै हुनुहुन्न ।’

‘धेरै मान्छे तपाईहरुसँग छन् । जुन समानता, सुशासनको कुरा गर्नुभएको छ, विधिको शासनको कुरा गर्नुभएको छ, त्यो विचौलिया पुँजीवाद भन्नुस् । अहिले भइरहेको वैभव संग्लिँदै माथि जान्छ, यस्ता पुँजीपतिकोमा जान्छ, जसले उद्यम गर्दैनन्, रोजगारी सिर्जना गर्दैनन् । तिनीहरुको गठजोडमा भागेदारी गरेर राजनीतिक नेताहरु राज्यन्त्रमा बसेकाहरुले आफ्नो सम्पती थुपार्छन्, यो गठजोडका बारेमा नबोल्ने राजनीतिले कुनै प्रगतिशील राजनीति हुन्छ भन्ने मलाई लाग्दैन ।’

नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने दाबी गर्नुभयो ।
चन्द्रप्रसाद भण्डारीहामीले जे सोचेर राजनीतिमा लागेका थियौँ । यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पा¥यौं । तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे । नेपालमा कानूनले काम नै गरेन । आत्मसमर्पण गरे । यो एउटा पक्ष छ । हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ ।

सांसद भण्डारीले युवा नेताहरु पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गर्नुभयो । उहाँले युवाहरुमा अहिले आफ्नो पार्टीमा भएको चुनौतिको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताउनु भयो ।

वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले त्यत्तिकै नछोड्ने बताउनु भयो ।सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रुपमा दर्ता भयो भन्दैमा सबै भन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन ।

संघर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको बिरुद्धमा नै होस् । रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्नेकुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्नेकुरा सोच्नु नहुने बताउनु भयो ।