११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

हिउँदे वर्षा भएनः खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह(भिडियोसहित)

हिउँदे वर्षा भएनः खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् ।

विज्ञहरुले सरकारले हिउँद याममा हुने खाद्यान्नहरुको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । हिउँदे अवधिमा औषत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरुले बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नहरुको सुरक्षामा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले फागुन १६ गतेसम्मलाई हिउँदको अवधिको रुपमा मान्ने गरिएपनि सो अवधिभित्र पनि वर्षा हुने सम्भावना नरहेको बताउनु भयो । हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आगामी दिनमा जलवायुजन्य विपदको जोखिम समेत बढेर जाने भएकोले सरकारले समयमा नै विपद पूर्व सूचना र विपद पूर्व तयारी गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।

उहाँले हिउँदमा वर्षा नहुँदा जीविकोपार्जनमा समस्या पर्नुका साथै बाली, परिस्थितिकीय प्रणाली, वन सम्पदामा समेत असर गर्ने बताउनु भयो । उहाँले हिउँदे वर्षा नहुँदा वायु प्रदुषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको बताउनु भयो ।

विज्ञ डा. उप्रेतीले सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुका साथै उहाँले हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने बताउनु भयो । उहाँले समुन्द्र सतहको तापक्रम औषत भन्दा कम हुनु, पश्चिमी वायु नवहनु, प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा वायु कमजोर हुनुले पनि नेपालमा वर्षा हुन नसकेको बताउनु भयो । विज्ञ उप्रेतीले समुन्द्रको सतहको तापक्रम ५० वर्ष पछिकै कम रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मंसिर १५ देखि फागुन १६ को अवधि हिउँदे अवधि हो । यस अवधिमा औषत वर्षा ६०.१ मिलिमिटर हुनुपर्ने हो । तर अहिलेसम्म वर्षाको हिसावले हेर्ने हो भने ७.९ मिलिमिटर मात्रै वर्षा भएको छ । जुन १३.१ प्रतिशत मात्रै हो । यो भनेको लगभग ८६.९ प्रतिशत वर्षा भएको छैन । त्यस्तो अवस्थालाई खडेरीको अवस्था भनिन्छ । ५० प्रतिशत भन्दा बढी रेनफल डेफसेन्सी भयो भने एक्युट डाउटको अवस्था भनिन्छ । फागुन १६ सम्म पनि कडा खालको वर्षा हुने सम्भावना छैन ।’

‘त्यो नदेखिनुको कारण समुन्द्र सतहको तापक्रम अहिले औषत भन्दा कम छ । भूमध्य सागरमा जुन खालको सिस्टम विकास भएर पश्चिमी वायु वहनुपर्ने हो, पश्चिमी वायु जति बहनुपर्ने हो त्यसको फिक्वेन्सी पनि घटेको र यसको बलियो पन पनि आउन सकेको अवस्था छैन । पश्चिमी वायु पनि कमजोर हुनु, भूमध्यसागको सिस्टम बन्नुपर्ने हो जसले पश्चिम वायुलाई प्रभावित गर्छ, त्यहाँ पनि कमजोर हुनु र प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा पनि कमजोर हुनु र अहिलेको अवस्थामा लालिना कण्डिशन भन्छ, यो भनेको समुन्द्रको सतहको तापक्रम ५० वर्ष भन्दा यताको अहिले कम छ ।’

३० वा त्यो भन्दा बढी समयमा कुनै कुरा औषतभन्दा कम भयो भने, औषत वा त्यो भन्दा माथि भयो भने त्यो जलवायु परिवर्तनको कारक हो । वाष्पीकरण भएर आउने बाफ नै बनेन जसले वायुमण्डलको हावा कमजोर भयो, पश्चिमी वायु नै बनेन । पानी र हिउँ पार्ने सिस्टम नै भएन । यो सुख्खा खडेरीको अवस्था हो । यसले हिउँदो बाली, पारिस्थितिय प्रणाली, वन सम्पदादेखि सबैमा यसको असर हुन्छ । त्यो असर भनेको हाम्रो जीविकोपार्जनमा पर्ने असर हो । यसले ल्याउने असर भनेको होल हाइड्रो लोजिकल सिस्टममा अर्थात पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पति हुने नदीनाला सिस्टम जुन छ,त्यसमा पानीको मात्रा कम हुन्छ । हाम्रो कृषि प्रणालीमा पनि असर गर्छ । कृषि उत्पादन घट्छ । खाद्य सुरक्षामा पनि असर गर्छ ।’

‘समग्रमा यो अहिलेको परिस्थिति लामो समयको औषत भन्दा समुन्द्र सतहको तापक्रम कम हुनु, पश्चिमी वायु कमजोर हुनु, त्यसले गर्दा वाष्पीकरण नहुनु र वर्षा कम भएको अवस्थाले हामीलाई समग्रमा वातवरणमा यसको असर परेको छ । वायु प्रदुषणको अवस्था बढ्दो छ । कृषि प्रणालीमा कमजोर भयो भनेपछि भोकमरीको समस्या, हिमाली, उच्च पर्वतीय क्षेत्रमा कर्णाली, मुगु, डोल्पा जस्तो सुदूरपश्चिमको पहाडी क्षेत्रमा त्यता अलि पानी परेको थियो तर काठमाडौंतिर पानी नपरेका जुन क्षेत्र छन्, त्यो क्षेत्रमा खडेरी भयो भने त्यसले खाद्यान्न उत्पादन कम भयो, खाद्य सुरक्षाका लागि राज्यले जोहो गर्नुपर्ने पक्ष के हो भने नेपालमा अब उत्पादन कम हुन्छ भनेर हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा शतर्कता अपनाउन आवश्यक छ । सिंचाई प्रणालीमा सुधार गर्नुपर्ने अवस्था छ ।’

विपद् विज्ञ उप्रेतीले फागुन १६ गतेसम्म पनि ठूलो वर्षा हुने कुनै सम्भावना नरहेको बताउनु भयो ।