काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र आयोजक बंगलादेशबीचको खेल जारी छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल बंगलादेशसँग २–० गोलले पछि परेको छ ।
बंगलादेशका लागि शाहिदा अक्टर रिपा र शामसुनाहर जुनियरले एक–एक गोल गर्दै नेपालविरुद्ध २–० को अग्रता बनाए ।










