१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक अघि प्रधानमन्त्री र गगनबिच भेटघाट



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि थापा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

बुधबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रम महामन्त्री थापाले एमालेबाट अघि सारेको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले हराएरै छाड्ने दाबी गरेका थिए । गठबन्धनमा विवाद चर्किरहेको बेलामा कांग्रेस महामन्त्री थापा बालुवाटार पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

यता, राष्ट्रपतिमा कांग्रेसले पनि दाबी राख्दै आएपछि प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएको हो कि भन्ने आशंका एमालेमा पैदा भएको छ । पुस १० को गठबन्धनबिच भएको सहमतिअनुसार एमालेको भागमा राष्ट्रपति परेको थियो ।