१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग



अ+ अ-

काठमाडौँ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले यही माघ २० गत दायर गर्नुभएको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्ज गर्न माग गरिएको छ ।

रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्ययमान कानुन, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्न गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्ड पालना भएरनभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेट रिट निवेदनमा माग गरिएको छ । साथै हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ । रासस




भर्खरै