२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण



अ+ अ-

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नुभएको हो ।

षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गर्नुभएको छ ।

यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो ।