७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छ: उपप्रधानमन्त्री श्रेष्ठ

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छ: उपप्रधानमन्त्री श्रेष्ठ
file
अ+ अ-

महोत्तरी । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला ९कम्युन०को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको उल्लेख गर्नुभयो ।

“विकास, समृद्धि र सुशासन प्रवद्र्धन लहडको कुरा होइन, तसर्थ सरकार स्पष्ट नीति अख्तियार गरेर यी क्षेत्रका उपलब्धि हात पार्न प्रयत्नशील छ”, नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । आमरूपमा राजनीति क्षेत्रमा वैचारिक आन्दोलन स्खलित हुँदै गएर समाज रुपान्तरणको आन्दोलन भुत्ते भएको गुनासो बढेका बेला अहिले ठोस उपलब्धि हासिल गर्ने काम कुरालाई चुनौतीका रूपमा लिँदै सरकार अघि बढेको श्रेष्ठको भनाइ छ ।

गौरीडाँडास्थित आधारशीलाका प्रमुख संरक्षक रहनुभएका श्रेष्ठले २० वर्षअघि ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास’को बाटो अवलम्बन गर्ने ध्येयका साथ कम्युन ९आधारशीला० स्थापना गरिएको स्मरण गर्नुभयो ।

“त्यतिखेर वाम–प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवार, जेलनेल भोगेर दुःख पाएका कार्यकर्ताका परिवारजन, वैचारिक आन्दोलनको नेतृत्वकर्ता पार्टीका पूर्णकालीन कार्यकर्ताका परिवारलाई शिक्षा, स्वास्थ्य, भोजन र आवासजस्ता प्राथमिक आवश्यकता हेर्दै अघि बढ्ने सोचेका थियौँ”, आधारशीला स्थापनाको पृष्ठभूमि स्पष्ट पार्दै श्रेष्ठले भन्नुभयो, “सामूहिक जीवन पद्धतिमा आपूmलाई ढाल्ने र निजी सम्पत्तिको मोह त्याग गर्ने सोचका साथ गठित यो संस्था समाजमा अनुकरणीय बन्न सके बढ्दो भ्रष्टीकरण न्यूनीकरणमा साथ सहयोग पुग्नेछ ।” आधारशीलाले मुख्यतः यही वैचारिक फाँटको काम हेरिदेओस् भन्ने आफ्नो अपेक्षा रहेको श्रेष्ठले उल्लेख गर्नुभयो ।

“अहिले वैचारिक क्षेत्रका काममा चुनौती छन्, समाज उपभोक्तावादको सिकार हुँदो देखिँदो छ, म÷मेरो÷मलाई भन्ने व्यक्ति स्वार्थ मौलाउँदै गएको देखिन्छ”, श्रेष्ठले भन्नुभयो, “यस्तै बेला क्रान्तिकारी र परिवर्तकारीहरूले वैचारिक कामको नेतृत्व लिनपर्छ, आधारशीलाले यसको नेतृत्व गरोस् भन्ने म चाहान्छु ।”

अहिले पूर्वमन्त्री गिरिराजमणि पोखरेलसहित १६ परिवार एकसाथ बसोबास गरिरहेका कम्युन ९आधारशीला० मा प्रवेशकै लागि क्रान्तिनिष्ठ हुनपर्ने, निजी सम्पत्ति त्याग गर्न सक्ने, माक्र्सवादी शिक्षाको प्रसारका लागि वैचारिक काममा सङ्गठित जिम्मेवारी लिने, सामूहिक श्रम गर्न उद्यत हुने र आचरण तथा चरित्रमा समाजवादी संस्कृतिलाई आत्मसाथ गर्नसक्ने प्रारम्भिक प्रतिबद्धता आवश्यक रहेको समारोहमा स्पष्ट पारिएको थियो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा आधारशीला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न दलका प्रतिनिधिले शुभकामना व्यक्त गर्दै आधारशीला सामूहिक परिवारको एउटा अनुकरणीय उदाहरण रहेको बताउनुभयो ।