१६ मंसिर २०८१, आईतवार
,
Latest
रुकुम पश्चिमको सानीभेरी–५ मा माओवादीको किल्ला भत्कियो, कांग्रेसका मोतीराम खत्री विजयी डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी कीर्तिपुर नगरपालिकाको मतगणना सुरु ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी चेल्सीले एस्टन भिल्लालाई हरायो दार्चुलाको दुहु ५ वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धन सिंह कुँवर विजयी फुलहमसँग बराबरीमा रोकियो टोटेनहम म्यान्चेस्टर युनाइटेडको सहज जित रोल्पाको रुन्टिगढीको वडाध्यक्षमा नेपाली काँग्रेसका भुपमणी पुन निर्वाचित कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही बिजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक: प्रमुख आयुक्त



file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगको सचिवालयमा रही कार्य गर्ने कर्मचारीहरूलाई धन्यवादसहित कदरपत्र वितरण गर्न आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न बेग्लै सेवा समूहको आवश्यकतामा जोड दिनुभयो । उहाँले निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उहाँले सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गर्नुुभयो ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित कर्मचारी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका पदाधिकारी, विज्ञलगायतलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गरेकामा कदरपत्र प्रदान गरिएको थियो । रासस