९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिल्लीराम खनालविरुद्ध अभिनेत्री करिश्माले दिइन् साइबर ब्युरोमा उजुरी



अ+ अ-

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छन् ।

उनले डिल्लीराम खनाल नामका एक व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोपसहित उजुरी दिएकी हुन् ।

‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन, जुन युट्युबले प्रसारण गर्‍यो त्यसलाई भन्दा पनि बोल्नेलाई उजुरी हालेकी छु ।’ अभिनेत्री करिश्माले भनिन् ।

यस्तै, युट्युबप्रति प्रेस काउन्सिलमार्फत समन्वय गर्ने समेत जनाउँदै उनले आफ्नो उजुरी साइबर ब्युरोका प्रहरीले सकारात्मक लिएकोले डिल्लीरामलाई कारबाही हुनेमा आफू आशावादी रहेको बताइन् ।